होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसद बैठकलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापित भए पनि संसदले बिजनेस नपाएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री र सभामुखबीच भेट भएको हो।