ट्रेण्डिङ

होमपेज / राजनीति

म अब धेरै दिन पर्खन सक्दिनँ, समर्थन फिर्ता र अविश्वास प्रस्ताव एकैपटक अघि बढाऊ भनेर मात्रै हो:प्रचण्ड

नेपालगाथा २०७७ चैत्र १४ गते शनिबार १५:५२:०९ मा प्रकाशित

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता लिने बताएका छन् ।

शनिबार प्रज्ञाप्रतिष्ठान डबलीमा नागरिकको प्रश्नको जवाफ दिने क्रममा उनले अब धेरै दिन पर्खन नसक्ने बताएका हुन् ।'म अब धेरै दिन पर्खन सक्दिनँ, समर्थन फिर्ता र अविश्वास प्रस्ताव एकैपटक अघि बढाऊ भनेर मात्रै हो,' उनले भने ।संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको उनले बताए ।

राजनीतिक दलहरूबीच सहमति गरी अघि बढ्ने योजना रहेको पनि उनले बताएका छन् । दलहरुबीचको सहमतिपछि समर्थन फिर्ता गर्ने वा सँगै अघि बढ्ने भन्ने विषयमा निर्णय गर्न केही समय लागेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top