ट्रेण्डिङ

होमपेज / राजनीति

ओलीले स्पष्टीकरण सोधेका नेताहरुलाई कारबाही गर्ने संकेत

नेपालगाथा २०७७ चैत्र १३ गते शुक्रबार १९:१६:३५ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका नेताहरुलाई कारबाही गर्ने संकेत गरेका छन् 

ओलीले बकैकमा वरिष्ठ नेता झलनाथ खनाल र नेपाल—खनाल पक्षका सदस्यहरु पनि सहभागी हुनुलाई नयाँ परिस्थितिका रूपमा व्याख्या गरे पनि पार्टीलाई नेकपा माओवादी केन्द्रसँगको एकताअघिको अवस्थामा लैजानुपर्छ भन्ने माग अस्वीकार गरे ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकमा ओलीले पार्टीमा विधिसम्मत निर्णय भएकाले फिर्ता नहुने बताए ।" बैठकले गरेका निर्णयहरुबाट ब्याक हुन सकिँदैन । बैठकमा केही साथीहरु अनुपस्थित हुनुभो । विधिसम्मत निर्णय गरेका कारणले फिर्ता हुन सकिँदैन भन्नुभयो, " भट्टराईले भने ।

बालुवाटाररमा शुक्रबार भएको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण कारबाहीका लागि उपयुक्त भएका बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top