ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ खाए

नेपालगाथा २०७७ चैत्र १३ गते शुक्रबार १३:४३:५८ मा प्रकाशित

 काठमाडौं । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ खाएका छन् ।तत्कालीन नेकपामा देखिएको आन्तरिक कलहका कारण माओवादीतर्फका मन्त्रीले छाडेपछि खाली रहेको मन्त्रालयमा मुख्यमन्त्री शेरधन राईले नयाँ मन्त्री नियुक्ति गरेका हुन्।

कृषि राज्यमन्त्री रामबहादुर मगर र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ ‘फुल मन्त्री’ बनेका छन। यसैगरी नयाँ मन्त्रीको रुपमा नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मा दिइएकाे छ । प्रदेश सांसद उषाकला राई सामाजिक विकास राज्यमन्त्री, कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको सपथ लिएका छन ।

राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख साेमनाथ अधिकारी प्यासिले शपथ गराएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top