ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्रीको विश्वास : नेपालमा फेरि पनि कोरोना संक्रमणको जोखिम छैन

नेपालगाथा २०७७ चैत्र ११ गते बुधबार २०:१८:२७ मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले अन्य देशको तुलनामा नेपालमा कोभिड–१९ संक्रमणको असर कम परेको भन्दै फेरि पनि असर कम पर्ने बताए। संक्रमण बढ्न नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन मान्नुपर्ने उनले बताए। 

बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा ओलीले अहिले भयावहको स्थिति नआएको पनि बताए। प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मुल पार्न सजिलो नभएको उनको धारणा थियो। पूर्ण रुपमा नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दूरी कायम राख्नुपर्नेमा उनले जोड दिए।

‘३ दिनदेखि लक्षणहरु फेरि नकारात्मकतातिर जान खोज्या होकि, यद्यपि स्थिति भयावह छैन, तर भयावह हुन नपाओस् भनेर हुनभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ,' उनले भने। प्रधानमन्त्री ओलीले सरकारको निरोगी नेपाल स्वास्थ्य नीतिका कारण देशमा कोभिड–१९ को प्रभाव कम भएको र नियन्त्रण गर्न सकेको दाबी पनि गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

Top