ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने तयारी

नेपालगाथा २०७७ चैत्र १० गते मंगलबार १९:१९:२२ मा प्रकाशित

काठमाडाैँ। नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने भएको छ।

कार्यालय सार्नका लागि घरधनी र पार्टीबीच सम्झौता हुन लागेको छ । एमाले कार्यालय सचिव ईश्वरी रिजालका अनुसार कार्यालय सार्ने तयारी भइरहेको भए पनि सम्झौता भने भइसकेको छैन ।

नयाँ कार्यालय भवनको भित्र गेटमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोटो समेत राखिसकिएको छ।०७२ सालको भूकम्पले बल्खुको एमाले पार्टी कार्यालय क्षतिग्रस्त भएपछि यति समूहको पासाङ ल्हामु प्रतिष्ठानको भवन धुम्बाराहीमा सरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top