ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलामा भीम रावलले कविता सुनाए

नेपालगाथा २०७७ चैत्र १० गते मंगलबार १४:४९:०३ मा प्रकाशित

काठमाडाैँ। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताएका छन् ।

माधव नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलामा नेता भीम रावलले स्पष्टीकरण आफूहरुले होइन, पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने बताए ।त्यसैगरी भीम रावलले माधव नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलामा  कविता सुनाएका छन् ।

रावलले सुनाएको कविता यस्तो छ:

युवा हो उठ एक भइ जुट यो देश जोगाउन

कम्युनिस्ट मास्ने, राज्यलाई नास्ने भस्मासुर भगाउन

हामीले सोच्यौँ स्वाधिनता देशको हिमाल झै उठाउन
विश्वका सामू समाजवाद युक्त नेपाल चिनाउन

कस्तो हो तिम्रो खर्कको धार आफैलाई सिध्याउँने
न्यायका पारा श्रमशीलहरुको अहंकारमा रमाउने

शक्ति र धनको उन्मादमा तिम्ले सुखानी बिर्सेछौँ
जाली र झेली देश मारातर्फ किन हो फर्किन्छौँ

षड्यन्त्र तिम्रो फुट्ने छ तिम्रो माटोको हाँडी झै
तिरस्कार तिम्रो हुने छ यहाँ देशभक्त एक भई

रक्षाका लागि सिर्जना हाम्रो संगठित भएर
यो मातृभूमि सुरक्षित गर्ने कसम खाएर

उठाइमाथि रक्तिमा झण्डा बचाउ स्वाभिमान
चक्नाचुर पार्दै विश्वासघाती दुश्कार्य अभिमान

प्रतिक्रिया

सम्बन्धित खवर

Top