होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी एकताको पक्षमा नलाग्न आग्रह गरेका छन् ।
अहिले एमालेमा पनि ओली समूह र खनाल-नेपाल पक्ष छुट्टाछुट्टै भेला आयोजना गर्दै आएका छन्। ओलीले विधान विपरीत निर्णय गर्दै आएको भन्दै खनाल-नेपाल पक्षले बैठक अस्वीकार गर्दै आएका छन्।
एमाले संसदीय दलको आज बालुवाटारमा बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षले एकता नचाहेको जिकिर गरेका हुन् । एमाले अहिले स्पष्ट रुपमा दुई समूहमा विभाजित छ ।
‘म वामदेव कमरेडलाई स्वागत गर्छु। तपाईंले त्यस्ता अराजक र गुटबाजहरूलाई समेटेर पार्टी एकता गर्न निकै लाग्नु भयो। सायद थाक्नु भयो। अब ढुक्क भएर यो अन्दोलन बलियो बनाउन लाग्नुस्,’ उनको भनाइ उद्धृत गर्दै एक नेताले भने।