ट्रेण्डिङ

होमपेज / राजनीति

रमेश बडाल नियुक्त भए महान्यायाधिवक्तामा

नेपालगाथा २०७७ चैत्र ६ गते शुक्रबार १८:०९:०९ मा प्रकाशित

काठमाडाैँ। नयाँ महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडाललाई नियुक्त गरेकी हुन् । बडाल श्रम तथा सामाजिक सुरक्षा कानुनका जानकार हुन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा त्यस कदमको पक्षमा वकालत गरेका बडाल एमालेनिकट ट्रेड युनियन जिफन्टमा काम गरेका थिए ।

जिफन्टकै नेता विष्णु रिमाल प्रधानमन्त्रीका मुख्य सल्लाहकार छन् । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएपछि बडाल नियुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top