होमपेज / राजनीति
काठमाडौँ : महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलले महान्यायाधिवक्ता पदबाट आइतबार राजीनामा दिएका हुन् । तर उनको राजीनामा स्वीकृत हुन बाँकी छ ।
राजीनामा दिएकोबारे आफुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराइसकेको उनले बताए । पत्रकार सम्मेलनमा खरेलले भने‘राजीनामा गर्दा लुसुक्क किन गर्ने? र तपाईंहरूकै अगाडि फेस टु फेस गरौँ भनेर पत्रकार सम्मेलन नै गरेको हुँ ।’