होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभाको सातौं अधिवेशन बैठक सुरु भएको दुई सातापछि संसद्मा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका नेताले शुक्रबार मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ । संसद सचिवालयका अनुसार नेकपा एमालेका प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका बालकृष्ण खाँड, नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल, जनता समाजवादी पार्टीका राजकिशोर यादव, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र राप्रपाका राजेन्द्र लिङ्देनले सम्बोधन गर्नेछन् । विगतमा बैठक सुरु भएकै दिन मन्तव्य राख्ने चलन थियो ।