ट्रेण्डिङ

होमपेज / राजनीति

यस्ता छन् भोलि (शुक्रवार) बस्ने प्रतिनिधिसभा बैठकका सम्भावित कार्यसूची

नेपालगाथा २०७७ चैत्र ५ गते बिहीबार २०:०७:३७ मा प्रकाशित

काठमाडौँ। प्रतिनिधिसभाको सातौँ अधिवेशनको चौथो बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । शुक्रवार दिउँसो १ बजे बस्ने बैठकका लागि दुई वटा कार्यसूची तय गरिएको हो । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् । राष्ट्रियसभाका पूर्व सदस्य तथा संविधान सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि संसद् सचिवालय तय गरेको छ । सरकारले पहिलो बैठकका लागि केही अध्यादेश ल्याउने प्रयास गरेको भए पनि संसदमा विरोध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top