होमपेज / राजनीति
काठमाडौं । यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको हो ।
सरकारले एक सातामै दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यात्रुवाहक तथा मालवाहक सवारीधनीहरूले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने बताएका छन् ।२०६५ चैत २० गते सरकारले तय गरेको वैज्ञानिक भाडा प्रक्रियाअनुसार गाडी भाडामा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र बिमा, कर, बैंक ब्याज, पाटपूर्जा, टायर, लुब्रिकेन्टलगायतका अन्य सामग्रीमा भएको मूल्यवृद्धिलको ६५ प्रतिशत योगदान रहने आधार तयार गरेको थियो ।
एक हप्तामै लिटरमा ४ रुपैयाँ मूल्यवृद्धि भएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले पनि यातायात व्यवस्था विभागसँग भाडा बढाउन माग गरेको छ ।