होमपेज / राजनीति
काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा ५ चैतमा बसेको एमालेको संसदीय दलको बैठकले संसदीय बोर्ड गठन गर्ने निर्णय गरेकाे छ। बोर्डमा झलनाथ खनाल र माधव नेपालसहितलाई समेटेको छ।
बोर्डको प्रमुखमा दलका नेता ओली छन्।बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाउन कार्यदल गठन गरिने बस्नेतले बताए । त्यसका लागि तीन सदस्यीय कार्यदल गठन गरेको सांसद शेरबहादुर तामाङ्ले बताए । प्रमुख सचेतक विशाल भट्टराई, सांसद शेरबहादुर तामाङ र राष्ट्रिय सभा सदस्य बिमला राई पौडेल रहेका छन् ।
त्यस्तै बिहीबारको बैठकले गुटगत भेलामा जाने सांसदलाई सचेत गराउने र अटेर गरेमा कारबाही गर्ने निर्णय गरेको पनि बस्नेतले जानकारी दिए ।बैठकले २७ सदस्यीय संसदीय बोर्डका लागि बाँकी ३ जना पछि मनोनयन गर्ने भएको शेरबहादुर तामाङले जानकारी दिए। यसमा खनाल-नेपाल समूहका २ जनाबाहेक बाँकी सबै ओली समूहका छन्।