होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक डाकेका छन् ।
संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको एमाले नेता विशाल भट्टराईले जानकारी दिए।संसदीय दलको बैठकमा नेपाल पक्ष भने नजाने भएको छ । एमाले सचिव गोकर्ण बिष्टले राष्ट्रिय कार्यकर्ता भेला जारी रहेकाले भोलिको बैठकमा सहभागी हुन नभ्याउने बताए । माधव पक्षको दुईदिने कार्यकर्ता भेला भोलिसम्म चल्ने छ ।