होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले ओलीका साइबर स्यालहरु अहिले पनि सल्बलाइरहेको बताएका छन् । दुईदिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले योगेश भट्टराइको नक्कली हस्ताक्षर गरेर भेला स्थगित भयो भनेर सामाजिक सञ्चालनमा संप्रेषण गर्ने काम भएको भन्दै यस्ता गतिविधि फेरि पनि हुन सक्ने भन्दै होशियार रहन आग्रह गरे । हिजो नेकपा हुँदा मात्र होला कि भनेको आज नेकपा एमाले हुँदा पनि साइबर स्यालहरु सलबलाई रहेको नेपालको भनाई थियो ।
नेता नेपालले आफूहरुको लडाईँ पदका लागि नभई सिद्धान्त र विधिको लागि भएको प्रष्ट पारे ।मदन भण्डारी फाउण्डेसनको नाममा ओलीले सबैभन्दा पहिले गुटको बिजारोपण गरेको उनको दावी थियो । ओलीको व्यवहार र कार्यशैली कस्तो छ भनेर उहाँका सहयोद्धासँग बुझ्दा प्रष्ट हुने भन्दै अरुलाई होच्याउने र अपमान गर्ने शैली उनमा रहेको बताए ।
ओलीको दम्भले एकताको ढोका बन्द भएको समेत बताए ।पार्टी विग्रहको एक मात्र कारण अध्यक्ष ओली नै भएको बताए ।
एमाले हुँदा खेरी भएको नौ बैठकबाट १०अाैं बैठक हुनुपर्नेमा अहिले १२ औं बैठक भईसकेको भन्दैबीचका १० अाैं र एघारौं बैठक कहाँ गए भने नेता नेपालले प्रश्न गरे ? नेता नेपालले अझै पनि एक्लाएक्लै भेटेर ओलीले नेतालाई फकाउने कोशिश जारी रहेकोले उनीसँगै एक्लै भेटन नगएको समेत प्रष्ट पारे । केन्द्रीय कमिटीबाट तयार भएको प्रस्तावलाई नेता नेपालले भेलामा बाचन गरेर सुनाएका थिए । प्रस्ताव वाचन गर्ने बेलामा सञ्चारकर्मीलाई भेला स्थलबाट बाहिर निकालिएको थियो ।