ट्रेण्डिङ

होमपेज / राजनीति

खनाल-नेपाल समूहको कार्यकर्ता भेला आजदेखि हुँदै

नेपालगाथा २०७७ चैत्र ४ गते बुधबार ०९:३१:१५ मा प्रकाशित

काठमाडौँ– नेकपा एमालेमा विवाद बढ्दै जाँदा खनाल-नेपाल समूहले अज र भोलिका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । सो समूहको केन्द्रीय समितिको बैठकले कार्यकर्ता भेला बोलाएको हो ।

नेपाल समूहले हिजो पत्रकार सम्मेलन गरी भेलाको सम्मूर्ण तयारी पूरा भएको जानकारी गराएको थियो ।प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल-नेपाल समूहले भेला गर्न लागेको हो ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईले भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने जानकारी दिए । भेला आज बिहान ११ बजेदेखि हेरिटेज गार्डेन् सानेपामा सुरु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top