ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठक सकियाे

नेपालगाथा २०७७ चैत्र ३ गते मंगलबार १९:०५:४१ मा प्रकाशित

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ । राष्ट्रपति निवास शीतल निवासमा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणका विषयमा जानकारी गराएकी छिन् ।

बढ्दो वातावरण प्रदूषणबारे पनि उनले चासो राखेकी थिइन् ।बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा उपस्थित थिए ।कांग्रेसबाट सभापति शेरबहादुर देउवा, सशांक कोइराला र रामचन्द्र पौडेल सहभागी भएका थिए ।

‘प्रधानमन्त्रीले बोल्ने क्रममा सरकार र संसद् चल्ने अवस्था नआएपछि विघटन गरेको हो भन्नुभयो । उहाँले संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको छ भन्नुभयो । सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ भन्नुभयो । त्यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन,’ सुवालले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने ।

माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र देव गुरुङ उपस्थित थिए भने जसपाबाट राजेन्द्र महत्तो र महन्थ ठाकुर थिए । राप्रपाबाट प्रकाशचन्द्र लोहनी, नेमकिपाबाट प्रेम सुवाल र अन्तरिम चुनावी मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी पनि बैठकमा सहभागी थिए ।एमालेका माधव नेपाल, झलनाथ खनाल र जसपाका बाबुराम भट्टराई अनुपस्थित रहे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top