ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान,राजनीतिक दलसँग छलफल गर्ने

नेपालगाथा २०७७ चैत्र ३ गते मंगलबार ०९:५४:३३ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सर्वदलीय बैठक डाकेकी छन्।राजनीतिक संकट गहिरिँदै गएका बेला राष्ट्रपति भण्डारीलेअपरान्ह् ४ बजेका लागि बैठक आब्हान गरेकी हुन्।

अपराह्न ४ बजेका लागि बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका संचार मामिला विज्ञ टीका ढकालले जानकारी दिए ।

सर्बदलीय बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुलाई बोलाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top