होमपेज / राजनीति
काठमाडौँ । आज (मंगलबार) दिउँसो प्रतिनिधिसभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।
दिउँसो १ बजे डाकिएको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १ को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनर्स्थापित संसदको यो तेस्रो पटक बस्ने बैठक हो।त्यस्तै आजको बैठकमा तत्कालीन संविधानसभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकामा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ ।
