ट्रेण्डिङ

होमपेज / राजनीति

माधव नेपाल पक्षले ४ र ५ चैतका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने ,ओली दबावमा

नेपालगाथा २०७७ चैत्र २ गते सोमबार १९:१४:३८ मा प्रकाशित

काठमाडाैँ।  एमालेका दुई समूहबीच सोमबार भेटवार्ता भए पनि कुनै सहमति नभएपछि माधव नेपाल पक्षले ४ र ५ चैतका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ ।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा सोमबार बसेको भेलाले आगामी चैत ४ र ५ का लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको केन्द्रीय सदस्य एवं सांसद गणेश पहाडीले  जानकारी दिए।

सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् रुपमै फर्किएका छन् ।यही बीचमा अध्यक्ष ओलीले २८ फागुन विशेष बैठक भन्दै निर्वाचित पदाधिकारी खारेज गरी २३ जना केन्द्रीय सदस्य थप गरेपछि एमालेभित्र विवाद चुलिएको छ ।

नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि ओली दबावमा परेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top