ट्रेण्डिङ

होमपेज / राजनीति

धुम्बाराहीमा ओलीको प्रस्ताव : मिलेर जाऔं 

नेपालगाथा २०७७ चैत्र २ गते सोमबार १५:४३:३१ मा प्रकाशित

 काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजन रोक्न मिलेर अघि बढ्न माधव नेपाल पक्षका नेताहरुसँग प्रस्ताव राख्नुभएको छ । ३ महिनापछि पहिलोपल्ट आज एमाले पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटघाटमा ओलीले विभाजनको बाटो नरोज्न नेताहरुलाई आग्रह गर्नुभएको स्रोतले जानकारी दियो ।

दुई पक्षबीच छलफल जारी छ । छलफलमा प्रधानमन्त्री ओलीसँगै नेताहरू ईश्वर पोख्रेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र बरिष्ठ नेता माधवकुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्ड र गोकर्ण विष्ट सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top