ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेका अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको छलफल सकियाे

नेपाल पक्षले भन्यो- २८ गतेको निर्णय मान्दैनौं

नेपालगाथा २०७७ चैत्र २ गते सोमबार १४:०६:१८ मा प्रकाशित

काठमाडौं– नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको छलफल सकिएको छ ।बैठकबाट बाहिरिएका नेपाल पक्षका नेता रघुजी पन्तले वार्ता सकारात्मक भएको बताए।

आन्तरिक विवादका कारण चार महिनादेखिको संवादहीनता तोडेर ओली र नेपाल पक्षबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको हो । बैठकमा आन्तरिक एकताको विषयमा छलफल केन्द्रित भएको थियो । २८ फागुनमा ओली पक्षले गरेको निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको अडान छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष नेताहरुबीच भएको वार्तामा दुबै पक्षले आ आफ्नो धारणा राखेका छन् । ‘दुबै पक्षले आ आफ्नो अडान राखेका छन्, छलफल जारी रहन्छ’ नेता रघजुी पन्तले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top