होमपेज / राजनीति
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।पेरिसडाँडामा आइतबार शुरू भएको बैठकले आज पनि निरन्तरता पाउन लागेको हो ।
आजको बैठकमा आइतबार (हिजो) प्रस्तुत ६ वटा एजेण्डामा नै केन्द्रित रहेर छलफल हुने नेताहरुले बताएका छन् । हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठले धारण राखेका थिए भने सात प्रदेशका नेताहरुले प्रदेशको रिपोटिङ गरेका थिए । माओवादी केन्द्रले नामा फेर्ने लगायतका विविध एजेण्डामा छलफल गरिरहेको छ ।
फागुन २३को सर्वोच्च अदालतको फैसलाले साविकको नेकपालाई माओवादी केन्द्र र एमालेमा फर्काइदिएपछि पहिलो पटक बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको यो बैठकलाई चासोका साथ हेरिएको छ ।