होमपेज / राजनीति
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी कसैको पुच्छर नभएको बताएका छन् ।
गए राति ट्विट गर्दै उनले जसपा परम्परागत राजनीतिको अग्रगामी विकल्प भएको बताएका हुन् । जसपा कसैको पुच्छर नभएको भन्दै उनले आफैँ देशको नेतृत्व गर्ने शक्ति भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्,:
जसपाबारे जान्नैपर्ने कुरा:१.यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन;बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो!२.गणतन्त्र,.संघीयता,धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसंग सम्झौता गर्दैन;३.यो कसैको पुच्छर हैन,आफै देशको नेतृत्व गर्ने शक्ति हो।