होमपेज / राजनीति
काठमाडौं– नेकपा एमालेको माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ ।
भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य लगायतलाई बोलाइएको छ ।यस्तै नेपाल समूहको आजको बैठकले प्रदेश इन्चार्ज समेत तोकेको छ ।
बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी भीम आचार्यलाई दिएको छ भने प्रदेश २ को इन्चार्जमा घनश्याम भुसाल तोकिएको छ ।