होमपेज / राजनीति
काठमाडौँ– नेकपा एमालेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिव बाहेकका सबै पद खारेज गरेको छ।'बैठकले अध्यक्ष र महासचिवबाहेक पदाधिकारी खारेज गरेर महाधिवेशन आयोजक समिति बनाएको छ,’ राजेन्द्र गौतमले भने। त्यसका लागि आजको बैठकले पार्टीको विधान पनि संशोधन गरेको उनले बताए।
अध्यक्षसमेत रहेका ओलीले आफू पक्षीय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका हुन् । यसैगरी बैठकले पूर्व माओवादी केन्द्रमा रहेर ओलीतर्फ खुलेका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।
आजकै बैठकले चैत ७ गते अर्को केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको गौतमले बताए।