होमपेज / राजनीति
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन्। जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोबीच सिंहदरबारस्थित संसदीय दलको कार्यालयको अर्को कक्षमा छुट्टै छलफल चलिरहेको हो ।
बालकुमारीस्थित पार्टी कार्यालयमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य अशोक राई अहिले छलफल गरिरहेका छन्। बैठकमा बिहीबार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा भएका कुराबारे शीर्ष नेताले जानकारी गराउनेछन् । बिहीबार साँझ जसपाका शीर्ष नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए ।