ट्रेण्डिङ

होमपेज / राजनीति

सत्ता समीकरणका लागि सरकार-जसपा कार्यदलले वार्ता गर्दै

नेपालगाथा २०७७ फाल्गुण २८ गते शुक्रबार १२:०८:३९ मा प्रकाशित

काठमाडौं । नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा)ले सरकारसँग संवाद थालेको छ। बिहीबार जसपाको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार सत्ता साझेदारका लागि छलफल अगाडि बढाएकाे हो। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा जसपाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल कर्ण सहभागी थिए।  नेकपा एमालेका तर्फबाट भने प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्बाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सहभागी थिए।

छलफल कार्यदलका सदस्यसँग छलफल गर्ने गरी सकिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बताए। सोहीअनुसार शुक्रबार हुने अनौपचारिक छलफलमा जसपाको दुई सदस्यीय कार्यदलमा एकजना सदस्य थप गरेर छलफलमा जाने जसपा नेता लक्ष्मणलाल कर्णले बताए। बैठक शुक्रबार दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जसपा नेता कर्णले जानकारी दिए। जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई वार्ता टोली बनाएको छ।  त्यस्तै‚ एमालेले पनि नेता नेम्बाङ, अर्थमन्त्री पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई सदस्य रहेको कार्यदल गठन गरेको छ।  

सरकार र जसपाबीच  बिहीबारको छलफलमा यसको जिम्मेवारी नै कार्यदललाई दिने निर्णय गरेको थियो। ‘दुवै पक्षका कार्यदलले अनौपचारिक छलफल गरेर कुन ‘मोडालिटी’मा काम अगाडि बढाउने भन्ने टुंग्याउने निर्णय भएको छ,’ एमाले नेता नेम्बाङले भने। यसअघि प्रधानमन्त्री ओलीविरुद्ध चर्को अभिव्यक्ति दिएका जसपा नेताहरू अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो पनि बालुवाटारको छलफलमा  पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top