ट्रेण्डिङ

होमपेज / राजनीति

म छोड्नेवाला छैन, म लड्नेवाला छु:प्रचण्ड

नेपालगाथा २०७७ फाल्गुण २७ गते बिहीबार १५:२५:०५ मा प्रकाशित

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब फेरि एक पटक लड्ने बेला आएको बताएका छन् ।पेरिसडाँडामा बिहीबार आयोजित नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलामा उनले पार्टीले देशव्यापी अभियान चलाउन लागेको बताए ।

आफ्नै खुट्टामा उभिन देशव्यापी अभियान चलाउन लागेको बताउँदै प्रचण्डले अब जनताको घर दैलो गर्ने बताए । उनले भने, ‘फेरि आफ्नै खुट्टामा उभिने बेला भएको छ।‘जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६/६७ वर्ष भएँ । उमेरले कति साथ दिन्छ छोडिदिनुपर्छ पनि भन्छन्, तर म छाड्नेवाला छैन, माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए’ उनले भने, ‘म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु । म छोड्नेवाला छैन, म लड्नेवाला छु ।’

उनले जनयुद्धमा साथ दिएका पक्षलाई पार्टीले चाहिने जति ध्यान दिन नसकेको स्वीकार गर्दै त्यसलाई सच्याउने बताए ।उनले अघि भने, ‘आफ्नै शक्तिमा भर परेर, आफ्नै खुट्टामा उभिएर मात्र यसलाई परास्त गर्न सकिन्छ ।’उनले एक पटक फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावाद विरुद्ध लड्ने आफूले संकल्प गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top