ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूबीच भेटवार्ता

नेपालगाथा २०७७ फाल्गुण २६ गते बुधबार १६:४२:२८ मा प्रकाशित

काठमाडौं– नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूबीच भेटवार्ता भएको छ । सत्ता सहकार्यका लागि दलहरूबीच तीव्र छलफल चलिरहेका बेला नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको हाे।

बुधबार पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। उनीहरूबीच सरकार गठनका विषयमा छलफल सरकार छलफल भएको स्रोतले जनाएको छ । 

यसअघि पनि दाहालले जसपाका नेताहरुसँग छलफल गरिसकेका छन्। मंगलबारमात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाकै संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top