होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको संगठन निर्माणको योजना तयार पार्न चार सदस्यीय कार्यदल गठन गरेको छ । गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेको कार्यदल गठन गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भएको वार्ताबारे बैठकमा जानकारी गराएका थिए ।माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता भने लिइसकेको छैन।