ट्रेण्डिङ

होमपेज / राजनीति

ओली-प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज,एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन सुझाव

नेपालगाथा २०७७ फाल्गुण २५ गते मंगलबार १७:५३:५१ मा प्रकाशित

२४ फागुन, काठमाडौं । निर्वाचन आयोगले केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेको छ ।निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई औपचारिकरुपमा खारेज गर्दै नयाँ दलको रुपमा एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।

आयोगलले एमालेमा केपी ओली र माओवादी केन्द्रमा प्रचण्ड नै अध्यक्ष रहने गरी निर्णय गरेको हो । साथै पूर्ववत अवस्थामै फर्किएकाले एमाले र माओवादी केन्द्रलाई एकीकरण गर्ने भए पुनः १५ दिनभित्र निवेदन दिन आह्वान गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top