ट्रेण्डिङ

होमपेज / राजनीति

दोहोरो सुविधा नलिने प्रमुख आयुक्त राईको स्वघोषणा

नेपालगाथा २०७७ फाल्गुण २४ गते सोमबार २०:४१:३६ मा प्रकाशित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने हुनुभएको छ । प्रमुख आयुक्त राईले यही फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा लिने तर नेपाल सरकारको सचिवको हैसियतले पाउने निवृत्तीभरण नलिने स्वघोषणा गर्नुभएको छ । 

पूर्वसचिव राई गत माघ २१ गते प्रमुख आयुक्त पदमा नियुक्त हुनुभएको हो । उहाँले यही फागुनदेखि दोहोरो सुविधा नलिने स्वघोषणा गर्नुभएको छ । निवृत्तीभरण व्यवस्थापन कार्यालयलाई समेत सो विषयमा जानकारी गराइसकिएको छ । प्रमुख आयुक्त राईले गर्नुभएको उक्त स्वघोषणाको गरी दिनुभएको सक्कलै निवेदन आवश्यक कार्यार्थ पठाइएको आयोगले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top