होमपेज / राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीविरुद्ध संघर्षमा सँगै उभिएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल छुट्टिएका छन् । काठमाडौँ — साविक नेकपा अध्यक्ष पुष्कमल दाहाल र माधवकुमार नेपालसमूहले सर्वोच्च अदालतको फैसला अनुसार पूर्ववतः पार्टी एमाले र माओवादी केन्द्रमा नै रहेर एकता प्रयास गर्ने निर्णय गरेको छ ।
पेरिसडाँडामा बसेको दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ। त्यसपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज भएको हो। अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।यसैगरी माओवादी र एमाले अलग भएर जाने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
उनले भने,‘अदालतको फैसलाप्रति गम्भिर छौं । माओवादी र नेकपा एमाले बन्ने नै भयो, सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने भयो । नयाँ ढंगको एकीकरणको पहल भयो भने त्यही ढंगको भयो । माओवादी र नेकपा एमालेको प्रक्रिया अघि बढ्नेछ । यद्यपी निर्वाचन आयोगले पत्र लेखेपछि आयोगमा गएर नै प्रक्रिया प्रारम्भ हुन्छ ।’