ट्रेण्डिङ

होमपेज / राजनीति

भीम रावललाई प्रधानमन्त्री ओलीको जवाफ-कुन पार्टीको प्रधानमन्त्री हो भन्‍ने जानकारी लिन सर्वोच्च जानुस्

नेपालगाथा २०७७ फाल्गुण २४ गते सोमबार १५:०६:२२ मा प्रकाशित

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल कुन हो भनेर अदालतमा गएर बुझ्न भनेका छन् ।सोमबार १ सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा प्रधानमन्त्री कुन पार्टीका हुन् भनेर सोध्नेहरू थाहा पाउन अदालत जान आग्रह गरेका हुन् 

हिजो प्रचण्ड नेपाल समूहका सांसद भीम रावलले प्रधानमन्त्रीको दल कुन हो भनेर प्रश्न गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले अदालतले आफ्नो दलका बारेमा बोलेको र त्यही गएर सोध्न भनेका हुन् ।सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टी कुन हो भन्ने कुरा सर्वोच्च अदालतको फैसलाले टुंगो लगाइदिएको बताए।

रावललाई जवाफ दिँदै ओलीले भने, 'हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकरी पाउँ रे । सर्वोच्च अदालत जाउ कुन पार्टीको हो भन्ने जानकारी लिन ।' उनले उल्टै रावललाई प्रश्न गरे, 'मैले उहाँहरुलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको हो ? मलाई साधारण सदस्यबाट पनि निकाल्नु भएको थियो । अदालतले भनेको पनि नसुन्ने । देख्नै नसक्ने, देख्नै नखोज्ने, सुन्नै नखोज्ने ।'

प्रतिक्रिया

सम्बन्धित खवर

Top