ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै,सर्वोच्चको फैसलामा आधिकारिक निर्णय गर्ने

नेपालगाथा २०७७ फाल्गुण २४ गते सोमबार ०७:४२:३९ मा प्रकाशित

काठमाडौँ— प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजेका लागि बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि आवश्यक छलफल गर्न स्थायी कमिटीको बैठक बस्न लागेको हो।प्रचण्ड-माधव समूहले फैसलापछिको अवस्थाबारे कानून व्यवसायीसँग छलफल गरेको थियो । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको सहभागिता थियो ।

प्रचण्डले सर्वोच्चको फैसला अनापेक्षित रुपमा आएको र राजनीतिक जस्तो लागेको भन्दै सोमबार आवश्यक निर्णय गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top