ट्रेण्डिङ

होमपेज / राजनीति

सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक भयाे:प्रचण्ड

नेपालगाथा २०७७ फाल्गुण २३ गते आइतबार १५:५९:५० मा प्रकाशित

काठमाडौँ–  नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक आएको बताएका छन। 

सर्वोच्चले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको सम्बन्धमा सिंहदरबार परिसरमा पत्रकारसँग संक्षिप्त प्रतिक्रियाका क्रममा उनले उक्त धारणा व्यक्त गरेका हुन् ।

‘फैसला राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी गर्नेबेला भएको छैन,’ उनले भने, ‘यो हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ।’सर्वोच्चले आइतबार फैसला गर्दै नेकपा पार्टी ऋषि कट्टेलको नाममा दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top