ट्रेण्डिङ

होमपेज / राजनीति

संसद् सचिवालयका महासचिवले दर्ता गर्न मानेनन् प्रचण्ड–माधव समूहको निर्णय

नेपालगाथा २०७७ फाल्गुण २३ गते आइतबार १५:०४:३६ मा प्रकाशित

काठमाडौँ । प्रचण्ड-माधव समूहको संसदीय दलको बैठकका निर्णय सांसदका महासचिव भरतराज गौतमले दर्ता गर्न मानेका छैनन् । महासचिव गौतमले दलको निर्णय दर्ता गर्न नमानेपछि शीर्ष नेताहरूले महासचिव गौतमलाई भेटेर जानकारी लिएका छन् । नेकपामा ओली पक्षले संसदीय दलको प्रमुख सचेत देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गरेको थियो ।

तर प्रचण्ड माधव पक्षले गुरुङ नै प्रमुख सचेतक रहेको भन्दै गुरुङलाई नै सचेतकको हैसियत दिन माग गरेका छन् । प्रचण्ड–माधव पक्षले केपी ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको जानकारीसमेत दिन उनीहरू पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top