ट्रेण्डिङ

होमपेज / राजनीति

ओली खेमाकाे संसदीय दलकाे बैठक बस्दै, दाहाल–नेपाललाई पनि निम्ताे

नेपालगाथा २०७७ फाल्गुण २२ गते शनिबार ०९:०२:५२ मा प्रकाशित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा, ओली समूह) को संसदीय दलको बैठक शनिबार बस्दैछ। सर्वोच्च अदालतले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन असंवैधानिक ठहर गरि पुनर्स्थापित गरेपछि आइतबार बस्ने पहिलो बैठकको तयारीको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका हुन्।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि बोलाइएको ओली खेमाले जनाएको छ। नेकपाको दाहाल–नेपाल खेमाको संसदीय दलको बैठक शुक्रबार बसेको थियो। सो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेताको रुपमा चयन गरेको थियो।

आफ्नो खेमामा बहुमत सांसद रहेको दाबी गरेको दाहाल–नेपाल खेमाले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय पनि गरेको छ। ओली समूहको शनिबारको बैठकले प्रतिनिधिसभाको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने छ।

बैठकमा नेकपाका दाहाल–नेपाल समूहका सांसदहरुलाई पनि निम्तो पठाइएको छ। सांसदहरुलाई एसएमएस पठाएर बैठकमा सहभागी हुन भनिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top