ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्रीद्वारा गौतमको स्वास्थ्य अवस्थाबारे जानकारी

नेपालगाथा २०७७ फाल्गुण २१ गते शुक्रबार २०:४०:२८ मा प्रकाशित

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमको स्वास्थ्य अवस्था बुझ्नुभएको छ । 

उहाँले गौतमको निवास भैँसेपाटी पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले बताउनुभयो  । प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालसमेत पुग्नुभएको थियो । 

गौतमका स्वकीय सचिव दीपक टमटाका अनुसार केहीदिन अघि घरभित्र लडेर उहाँलाई सामान्य चोटपटक लागेको थियो ।  रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top