होमपेज / राजनीति
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण राजनीतिमा आउने नेत्रविक्रम चन्दको कदमले जनताको मन जितेको बताएका छन् । उनले विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्यान्डिङ भएको पनि बताए ।
विप्लव समूह राजनीतिक मुलुधारमा आउनु फोर्स ल्यान्डिङ, क्र्यास ल्यान्डिङ नभइ सेफ ल्यान्डिङ भएको प्रधानमन्त्री ओलीले बताए ।उनले भने, ‘यो फोर्स ल्यान्डिङ होइन, क्रास ल्यान्डिङ पनि होइन । यो सेफ ल्यान्डिङ हो ।’
'विप्लवले एउटा कदमबाट नेपाली जनताको मन धेरै जित्नुभएको छ । यो सहासिक कदम हो । जो सुकैले एउटा कार्य दिशा बाटो समातेर हिँडिरहेको ठाउँमा कार्यकर्तालाई मोडन सक्दैन थिए । यो फोर्स ल्याण्डि होइन, यो क्र्यास ल्याण्डिङ पनि होइन । यो सेफ ल्याण्डिङ हो । बहुतै राम्रो ढंगले अरू सफलतापूर्वक अगाडि बढाउने सम्भावनाहरूको बाटोमा, सपनाहरूलाई पूरा गर्ने अझ प्रवल सम्भावनाको बाटोमा उहाँले योगदान गर्नुभएको छ,' उनले भने ।
प्रधानमन्त्री ओलीले रातारात नभइ लामो समयदेखिको वार्ताको परिणाम स्वरुप विप्लव समूहसँग अहिले सहमति हुन सफल भएको बताए ।‘यो रातारात भएको सहमति होइन, यसका लागि विगत एक वर्षभन्दा बढी समयदेखि हामी गम्भीर वार्तामा बस्दै आएका थियौँ ।’ उनले भने ।