ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे विप्लवकाे  प्रशंसा

नेपालगाथा २०७७ फाल्गुण २१ गते शुक्रबार १६:४८:४९ मा प्रकाशित

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव विप्लवले साहसिक कदम चालेको भन्दै प्रशंसा गरेका छन् ।शुक्रबार नेपाल सरकार र विप्लव समूहबीच भएको सहमतिको हस्ताक्षर समारोहलाई सम्बोधन ओलीले विप्लवकाे  प्रशंसा गरेका हुन।

ओलीले भने, ‘अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन गरिरहेको छैन । यसको अर्थ नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ ।’उनले समूहका महासचिव नेत्रविक्रम चन्दको एउटा निर्णयबाट मुलुकले उपलब्धि हासिल गरेको भन्दै विप्लवलाई धन्यवाद पनि दिएका छन् ।

उनले सरकारको सहमति गर्ने विप्लवको कदमले नेपाली जनताको मन धेरै जितेको बताए । उनले विप्लवले सेफ ल्याण्डिङ गरेर अरू सफलतापूर्वक अगाडि बढ्ने सम्भवानाको बाटो खोलिदिएको पनि बताए ।

'विप्लवले एउटा कदमबाट नेपाली जनताको मन धेरै जित्नुभएको छ । यो सहासिक कदम हो । जो सुकैले एउटा कार्य दिशा बाटो समातेर हिँडिरहेको ठाउँमा कार्यकर्तालाई मोडन सक्दैन थिए । यो फोर्स ल्याण्डि होइन, यो क्र्यास ल्याण्डिङ पनि होइन । यो सेफ ल्याण्डिङ हो । बहुतै राम्रो ढंगले अरू सफलतापूर्वक अगाडि बढाउने सम्भावनाहरूको बाटोमा, सपनाहरूलाई पूरा गर्ने अझ प्रवल सम्भावनाको बाटोमा उहाँले योगदान गर्नुभएको छ,' उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top