होमपेज / राजनीति
काठमाडौ नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आउँदै छन् । उनी नवलपरासीमा सहिद परिवारसँग भेट गरी काठमाडौं हिँडेका हुन् ।
सरकार र विप्लव समूहबीच तीन बुँदै सहमतिपछि सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै उनी काठमाडौँ आउन लागेका हुन् ।आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्न विप्लव काठमाडौँ आउँदैछन् ।यसअघि हिजो साँझ नवलपरासी पूर्व बुलिङटारमा विप्लवलाई स्थानीयले स्वागत गरेका थिए ।