ट्रेण्डिङ

होमपेज / राजनीति

मलाई मधेशमा पस्न नदिए पनि हुन्छ, तर पानी पस्न चाहीँ नरोक्नु होलाः प्रधानमन्त्री ओली

नेपालगाथा २०७७ फाल्गुण २० गते बिहीबार १५:२५:४६ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेशमा प्रवेश गर्न नदिए पनि मधेशका खेतमा सिंचाई पुर्‍याइदिने बताएका छन्। बिहीबार सुनकोशी मरिन डाइभर्सन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले भने, ‘केपी ओलीलाई मधेशमा पस्न नदिने भन्थे। केपी ओली नपसे पनि पानी चाहिँ पसाइदिन्छ, खेत चाहिँ भिजाइदिन्छ।

केपी ओलीलाई पस्न नदिए हुन्छ तर तपाईंहरुका खेतमा पानी चाहिँ पसाउँछ केपी ओलीले। तपाईंका सुख्खा खेतलाई चिसा चाहिँ बनाइदिन्छ केपी ओलीले।’ उनले आफूलाई मधेशमा पस्न रोके पनि खेतमा पानी पस्न नरोक्न आग्रह गरे।उनले भने, ‘म मुख्यमन्त्री ज्यूमार्फत तराईं–मधेशमा खबर पठाउन चाहन्छु, केपी ओलीलाई पस्न नदिए पनि हुन्छ। तर पानी पस्न चाहीँ नरोक्नु होला।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top