ट्रेण्डिङ

होमपेज / राजनीति

नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेटे

नेपालगाथा २०७७ फाल्गुण २० गते बिहीबार १५:०५:२३ मा प्रकाशित

काठमाडौं, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहका प्रभावशाली नेता महेश बस्नेतले आज प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेटेका छन् ।नेकपाको आधिकारिकता विवादमा आयुक्तहरु छलफलमा जुटेका बेला बुधबार नेता बस्नेत आयोग कार्यलय पुगेका हुन् । प्रमुख आयुक्त थपलियालाई भेटेको बस्नेतले बताए ।

सांसद महेश बस्नेतले निर्वाचन आयोगलाई पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले पुरानो हस्ताक्षर प्रयोग गरेर पार्टीमा आधिकारिकता दाबी गर्न लागेको जानकारी गराएका छन्।उनले फरक प्रसँगमा अहिले नेकपाको दुवै पक्षमा ८५/८५ जना सांसद रहेको र ७ जना तटस्थ रहेको जानकारी दिए । तर, आफूहरु संसदीय दलमा बहुमत पुर्याउन लागेको बस्नेतले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top