होमपेज / राजनीति
काठमाडौं– आज देशभरका अदालतमा शोक बिदा दिइएकाे छ । पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय भएकाे हाे।
प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणासहित सर्वोच्च अदालतका सबै न्यायाधीशको पूर्ण बैठकले आज एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।