होमपेज / राजनीति
काठमाडौँ- नेकपाको प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । केही बेरअघि पेरिसडाँडास्थित पार्टी कार्यालयमा केन्द्रीय कमिटीको बैठक सुरु भएको हो । स्थायी कमिटीको बैठकपछि केन्द्रीय कमिटीको बैठक सुरु भएको हो ।
बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले केपी ओलीलाई हटाएर अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई संसदीय दलको नेता बनाएको एजेन्डा केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो ।