होमपेज / राजनीति
काठमाडौँ- सरकार र विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता नचाेडउन्मुख रहेकाे प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तथा सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।
बुधबार बिहान सरकारले गठन गरेको वार्ता टोली तथा विप्लव समूहको वार्ता टोलीबीच छलफल भएको थियो ।वार्ता सकिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।’
वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको वार्ता टोली गठन गरेको छ