होमपेज / राजनीति
झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई कम्फर्टेबल सरकार चाहिएको बताएका छन् । ओलीले देशको राजनीति कतातिर जान्छ भन्ने कुराले अदालतको फैसलाको मूल्यांकन हुने बताएका छन् । उनले सर्वोच्च अदालतको फैसलाको विषयमा केही नबोल्ने र कार्यान्वयन गरेर अघि बढ्ने बताए ।
मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले भने ‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, डेढ दुई वर्षपछि चुनाव आउँछ । दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’उनले आफू सकारात्मक रुपमा अघि बढ्ने बताए। आफू नकारात्मक नभएको भन्दै उनले कहिँकतै मुद्दा लड्न र निवेदन दिएर प्रधानमन्त्री बन्न नजाने बताए।
‘फागुन २३ गते अधिवेशन बोलाइएको छ । राम्ररी चलाएर अघि बढाउने प्रयास मेरो हुन्छ । नकारात्मक भूमिका कहिले पनि हुँदैन’ उनले भने ।